Search
आमा तिम्रै रगत हो बग्ने मेरो नसा नसामा
- Astitwa Writer
- Feb 3, 2020
- 1 min read

सयौं दुख सयौं कष्ट सहिराख्यौ कोखमा आमा तिम्रै रगत हो बग्ने मेरो नसा नसामा निदाएनौ आमा कहिले पनि सन्तानको पिरमा आमा तिम्रै रगत हो बग्ने मेरो नसा नसामा
मेरो आमा मैले पुज्ने मन्दिरको हुन् देवता सयौं निश्चल हौ तिमि बन्यौकि सफलता कहिले जेल भएन आमा सन्तानको त्यसमा आमा तिम्रै रगत हो बग्ने मेरो नसा नसामा
मेरो आमा तिमीले यो संसार देखायौ आकाशझैं फराकिलो त्यो काखमा मलाई खेलायौ भागिनौ आमा कहिले पनि सन्तानको व्यथामा आमा तिम्रै रगत हो बग्ने मेरो नसा नसामा
सरिता भुजेल द्वारा लिखित, कक्षा ८
Comments