संसारकै ममतामयी व्यक्ति - मेरी आमा
- Astitwa Writer
- Mar 2, 2020
- 1 min read

संसार कति ठुलो छ जहाँ अनेक प्रकारका व्यक्तिहरु हुन्छन। हरेक व्यक्तिहरु आ आफ्नै पारा हुन्छ। हरेकको छुट्टै व्यवहार हुन्छ। त्यस्तै संसारमा सबैले ठुलो मान्ने महान व्यक्ति हुन् आमा। कति कोमल र न्यानो अनि स्मरणीय छ यो शब्द। संसारमा के काम गर्नुहुन्छ अनि क गर्नु हुँदैन भन्ने ज्ञान हामीले आमाबाट नै पाउँछौ।
आमाले सँधै आफ्नो सन्तानको राम्रो होस् भन्ने चाहन्छन। आमाले आफ्नो सन्तानको हरेक कुरामा चिन्ता राख्नुहुन्छ जस्तै हामीले खाने खाना अनि लगाउने नानामा सहयोग गर्नुहुन्छ। जब हामी कुनै समस्यामा पर्छौ तब हामीलाई साथ दिन सर्वप्रथम हाम्रो आमा नै अघि सर्छिन। हामीले पहिलो भगवान भनेर पूजा गर्ने भगवान बुझछौं भने दोस्रोमा जन्म दिने आमा र बाबा। वहाँले हामीलाई कति माया गर्नुहुन्छ। आमाले सँधै सन्तानको स्वास्थ, शिक्षा अनि भविष्यको चिन्ता मात्र गर्नुहुन्छ। आमाले सँधै सन्तानको राम्रो होस् भन्ने चाहनुहुन्छ। त्यसैले वहाँलाई संसारको महान व्यक्ति भनिन्छ। आमाले सँधै भन्नुहुन्छ कि परिश्रम गरेर खान सिक, परिश्रमको फल मिठो हुन्छ। आमाले हामीलाई सँधै सत्कर्ममा लाग्न सहयोग गर्नुहुन्छ। भनिन्छ नि आमाको काख र अरुको लाख। जन्मिएर पहिलो पल्ट हामीले आमा छुन्छौ। ९ महिना कोखमा राख्दा आमालाई कति गाह्रो र कठिन परिस्थिति सँग खेल्नुपर्यो होला अनि जब जन्मियो त सन्तानकै चिन्ताले उनलाई सताउँछ। हामीलाई जन्म दिँदा एउटा मृत्युको मुखमा पुग्छिन आमा। भनिन्छ नि आमाभन्दा ठुलो संसारमा कोहि छैनन्।
तर सबैको आमा एकै प्रकारको हुँदैनन्। कसैले आफूभित्र सन्तानलाई दिन भरपूर माया हुँदा पनि छाडेर गैदिन्छन। अझ हाम्रो समाजमा रहेको दोस्रो बिवाहको कुसंस्कारले कतिपय सन्तानहरु धेरै नै कठिन परिस्थितिमा पुगेका छन्।
मेरी पनि संसारकै ममतामयी मध्ये सर्वश्रेष्ठ व्यक्ति आमा साथमा छिन् जसले मलाई हरेक परिस्थितिमा सहयोग गर्छिन।
रेजिना खड्का द्वारा लिखित, कक्षा ८
Comments