top of page
  • Writer: Astitwa Writer
    Astitwa Writer
  • Jan 26, 2020
  • 1 min read


सारै नै प्यारो आमाको काख


बिर्सनै नसक्नु लाखौँ लाख


नौ नौ महिना कोखमा राख्न


कति गारो भयो होला आमा तिमीलाई


उसै ठुलो भए जस्तो लाग्छ तर मलाई


भोक, तिर्खा, निन्द्रा, थकाई भन्न पाएनौ होला आमा


संधै रॊइ, रॊइ दिनरात बिते होला आमा


घाँस,सोतर, मेला, पात भ्याउनु पर्थ्यो तिमीले


त्यसै बेला कति दुख दिन्थें होला मैले।



दिपा चालिसे द्वारा लिखित, कक्षा ७

  • Writer: Astitwa Writer
    Astitwa Writer
  • Jan 26, 2020
  • 1 min read


My eyes miss you! My lips kiss you! My feeling of love is for you! Oh my school, I love you!


I have one pen That brings me success I have a best friend That is my school.


School is my temple Teacher is my god Volleyball is my game Kabita is my name.


Roses are red My school is great Sky is blue Oh my friends I love you!


Written by Kabita Giri, Grade 8

  • Writer: Astitwa Writer
    Astitwa Writer
  • Jan 26, 2020
  • 2 min read

मलाई लाग्छ कि हामीलाई जीवनमा एकतापूर्ण रूपले वा निस्वार्थ भावनाले हामीलाई माया गर्नुहुने, हामीलाई जन्म दिने व्यक्ति नै हाम्रो आमा हुन्। जीवनमा आमाले दिए जति माया कुनै पनि प्रेमी वा प्रेमिकाले पनि हामीलाई दिन सक्दैन। सात जन्मसम्म तपस्या गरेपनि आमाको गुण हामीले तिर्न सक्दैनौ। आमालाई हेला गर्ने मानिस र आमालाई बुढेसकालमा ब्रिदआश्रममा लगेर छोडदिने मानिसको व्यवहार बढ्दो छ। त्यसको निम्ति मेरो सानो कविता:


गाइ पाले दुध दिन्छ भैंसी पाले मोही, हिजो मैले छोरा छोरी पाएँ क पाएँ त खै। रुख हुर्काए फल दिन्छ कुखुरा हुर्काए मासु छोरा छोरी हुर्काएर आँखा भरि आँसु। सहन म सक्दिन नसालु नयन रासाउँछ न त छोरा छोरीले मेरो कुरा सुन्छन कहिले आउँला काल भनि दिनहरु गन्छु। छोरा छोरी तिमीहरुले न्याय पाउनु म आमा अन्याय सहन्छु।


नौ महिना सम्म कोखमा राखी दुख कस्ट गरि हामीलाई आमाले जन्म दिनुहुन्छ। जब जन्म दिएपछि सो बच्चा रुदा आमाको मन पनि रुन्छ होला। के रुन्दैनाहोला त एक पटक सोचौं त? पक्कै पनि रुन्छ। जब धर्तिमा जन्म दिनुहुन्छ आमाले हामीलाई बिस्तारै बोल्न सिकौने, हिड्न सिकौने , आफ्नो संस्कार सिकाउने काम बाबा आमाले नै गर्नुहुन्छ। छोरा छोरीको उमेर पुगेपछि सो बच्चालाइ शिक्षा दिने काम बाबा आमा र गुरुबाट हुन्छ। मलाई लाग्छ जब त्यो बच्चा ठुलो भइ उच्च शिक्षा हासिल गरि धन कमाउन सक्ने भएपछि फेरि किन आफ्नो बाबा आमालाई दुख दिने काम गर्छन त। धन कमाउन थालेपछि बाबा आमालाई ब्रिदाआश्रम लागि किन छोडछन् त। बाबा आमाले लागेको गुण किन बिर्सनछन त? मानिसहरु धेरै नै भनेको सुनिन्छ कि पहिलो प्रेम बिर्सन सकिन्दैन भनेर भन्छन आखिर फेरि किन आफ्नो आमाको माया बिर्सनछन त? के हामीले आमाको माया र आमाले हामीमाथि लगाएको गुण र माया पैसा तिरेर खरिद गर्न सक्छौं त? पैसा तिरेर माया किन्छु भन्ने त सायद सपना नै होला। सपनामा पनि सम्भव नहुन सक्छ।


अन्त्यमा हामीले आफु जुन स्थानमा रहेरपनि आफ्नो आमा बाबाको हेरचाह गर्नुपर्छ। हामी छोरा छोरी जुन स्थानमा रहेर पनि आमा बाबालाई माया गर्नुपर्छ। आमा बाबाको मन दुखाउनु हुन्दैन। गुरु पनि हाम्रो लागि बाबा आमा सरि नै हुन्। बाबा आमा हाम्रो लागि भगवान हुन्। आमा हाम्रो लागि इश्वर भन्दा पनि प्यारो लाग्छ। गुरुले पनि हामीलाई निस्वार्थ रुपले सिकाउनु हुन्छ, पढाउनु हुन्छ। हाम्रो उज्ज्वल भविष्यको कामना गर्नुहुन्छ। तसर्थ यति भन्छु कि हाम्रो लागि आमा, बाबा र शिक्षक तीनजना हाम्रो भगवान हो। हामीले कहिलेपनि बिर्सनु हुन्दैन। धन्यवाद!


बिनोद खड्का द्वारा लिखित, कक्षा १०

  • facebook
  • twitter

©2019 by ASTITWA. Proudly created with Wix.com

bottom of page