top of page
  • Writer: Astitwa Writer
    Astitwa Writer
  • Jan 26, 2020
  • 1 min read




नेताहरुको काम छैन गफ मात्र गर्छन् देशको विकास गर्छु भन्दै विदेशतिर लाग्छन्।


अरु देशको नेता देशको विकास गर्छन् हाम्रो देशको नेता भने भ्रस्टाचारी गर्छन्।


भोट नपाईन्जेल रोला झैँ गर्छन् भोट पाएपछि जनताको डर लागेको झैँ गर्छन्।


कुनचाहिँ नेता होला घुस नखाने युवा शक्ति विदेश पठाई धनि बने।


बिदेशी नेतासँग भेट बार्ता गरे देशको सिमा मिची लग्दा हेर्याहेर्यै गरे।


गरिबको कमाई खाई घुम्न विदेश जान्छन गरिबको खानी लाउने आवास खै कता लान्छन।


ए जनता हो यो नेता को भर नपर देश बिकाश गर्नलाई आफै अघि सर।


सरस्वति कार्की द्वारा लिखित, कक्षा १०

  • Writer: Astitwa Writer
    Astitwa Writer
  • Jan 25, 2020
  • 1 min read

Updated: Jan 26, 2020


हामी नबाँचेर के भो र? देश हाम्रो बाँची रहोस्। हामी नहासेर के भो र? देश हाम्रो हाँसी रहोस्।


सगरमाथा यो देशको सँधै उच्च रहोस्। मेची, महाकाली र कर्णाली यो सँधै बगी रहोस्।


डाँफे, मुनाल यो नेपालको सँधै नै उडी रहोस्। लालीगुराँस यो नेपालको सँधै नै फुली रहोस्।


प्रकृति यो देशको सँधै नै बाँची रहोस्। चन्द्र सुर्य भएको झन्डा सँधै फर्फराई रहोस्।


हामी नबाँचेर के भो र? नेपाल हाम्रो बाँची रहोस्। हामी नहासेर के भो र? नेपाल हाम्रो हाँसी रहोस्।


अस्पना कुँवर द्वारा लिखित, कक्षा ८

  • Writer: Astitwa Writer
    Astitwa Writer
  • Jan 25, 2020
  • 2 min read

गरिबको छोरी हुँ म झुपडीमा बस्छु बास बाउ आमाको छैन पेसा कसरि खुन एक छाक भात।


साथीहरु आज म एउटा गरिब केटीको कथा लेख्दै छु, ध्यान दिएर पढ्नुस् है त।

धेरै वर्ष अगाडी को कुरा हो, एउटा सुन्दै गाउँ थियो। त्यो गाउँको नाम रामेछाप थियो। त्यस गाउँका सबै मानिसहरु कृसीमा भर पर्थे। त्यसमध्ये एकजना किसान एकदमै गरिब थियो। त्यस किसानको नाम श्याम थियो। ऊ सँग खेति गर्नलाई खेत नभएको कारण ऊ सँधै अरु किसानको खेतमा काम गर्थ्यो। उसकी एउटी छोरी थिई। उसकी छोरीको नाम सपना थियो। सपना एकदमै ज्ञानी र अनुशासित थिईन। ऊ आफ्नो आम र बुवालाई आफूभन्दा बढी माया गर्थी। एकदिन अचानक सपनाको बुवा बिरामी हुनुभयो। उनीहरु धेरै गरिब र पेसा नभएकोले दिनदिनै सपनाको बुवाको बिरामी अवस्था बढ्दै गयो। केहि दिन पछि उनको मृत्यु भयो।

उनि मरेपछि उनको परिवारमा काम गर्न कोहि पनि भएन। त्यस पछि सपनाकी आमाले अरुको घरमा गएर जाडो महिनामा अरुको लुगा धुने, भाँडा माझ्ने र खाना पकाउने काम गर्न थालिन्। अनि सपना स्कूल पढ्न जान्थिन। साथै उनि सँधै आमालाई घरको कामकाजमा सहयोग गर्थिन्। सपना त्यसको साथै आफ्नो पढाईमा पनि ध्यान दिन्थिन। उनि गरिब भएका कारण उनका साथिले बिध्यालयमा सबैले उनलाई हेप्ने र गाली गर्ने गर्थ्यो र सपनालाई बिध्यार्थीहरुले आफुसँग बस्न र खेल्न दिदैनथ्यो। यी सबैको कारण सपना एकदमै दुख मन्थिन।


एकदिन सपना स्कूलबाट घर फर्केर जाँदा खेरी तिनले एउटा मन्दिरमा मानिसको झुण्ड देखिन्। त्यसपछि सपना नजिक आत्तिदै त्यंहा गएर एउटा बुडी आमालाई देखिन्। त्यो बुडी आमाचाहिं भूइमा लडेकी थिईन। उनि धेरै बिरामी रहेछन। त्यहाँ भएको मानिसहरुले ती आमालाई हेरेर बसिरहे कसैले पनि उनलाई हस्पिटल लान मानेनन्। कोहि नमानेपछि सपनाले त्यो आमालाई हस्पिटल लगि। त्यसपछि ऊ आफ्नो घर फर्की। केहि दिन पछि सपनाले ती आमालाई हस्पिटलमा हेर्न जाँदाखेरि उनी मरिसकेकी थिईन तर ती आमाले सपनाको लगि एउटा चिठी छोडेकी थिईन। उनी मरेकोले सपना धेरै दुख भईन। उनी रुँदै त्यो आमाले दिएको चिठी पढ्न थालिन्। त्यो चिठीमा बुढी आमाले आफ्नो सबै सम्पति सपनाको नाममा गरेर जाँदैछ भनेर लेखेको रहेछ। त्यो चिठी पढेपछि सपना अलि खुसि भइ र घर फर्किन। सपनाले आफ्नो आमालाई सबै कुरा बताईन। आमा एकदम खुसी भईन। सपनाले धेरै राम्रो काम गरेकोले उनीहरु अहिले गरिबीबाट मुफ्त भए।


शिक्षा: सेवा नै धर्म हो।


कविता गिरि द्वारा लिखित, कक्षा ८

  • facebook
  • twitter

©2019 by ASTITWA. Proudly created with Wix.com

bottom of page