top of page

चरा चरीको कथा

  • Writer: Astitwa Writer
    Astitwa Writer
  • Mar 2, 2020
  • 1 min read

ree

एउटा रुखको डालीमा एउटा चरी र चरा बस्थे। एक दिन चरीले चरालाई भने की तिमी मलाई छोडेर त जाँदैनौ। फेरि चराले भन्यो यदि म उडेर गएँ भने तिमी मलाई समाउनु। चरीले धेरै मायालु स्वरमा भनिन्, "म तिमीलाई समात्न त सक्छु तर पाउन सक्दिन। हामी चाहेर पनि एक हुन सक्दैनौ।" यो सुनेर चराको आँखामा आँसु आयो अनि ऊ आफ्नो पखेटालाई चुड़ाईदिन्छ। फेरि चरीलाई भन्छ, " अब हामी सँधै संगै छौँ। फेरि एक दिन ठूलो हावाहुरी आउँछ र चरी उड्न थाल्छे। अनि चराले भन्छ तिमी उड मेरी चरी म उडन सक्दिन। फेरि चरी उड्न थाल्छे अनि जाँदाजाँदै आफ्नो खयाल राख्नु भन्छे। जब हावाहुरी रोकिन्छ अनि चरी फर्केर आउँछे, उसले देख्छ की चरा मरिसकेको हुन्छ अनि एउटा रुखको डालीमा लेखेको हुन्छ की 'सायद चरीले एक पटक भनेर जान्थी की म तिमीलाई छाडेर जान सक्दिन त सायद हावाहुरी आउनुभन्दा पहिला मर्दैनथ्यो।"


अर्थात: माया गर्नु गलत होइन तर गलत मानिससंग माया गर्नु गलत हो। त्यो भनिन्छ नि, तिमी मतलब की संसारमा किन भनिन्छ सम्हलिएर हिंड। यहाँ हरेक मानिस टुटेर बस्छ।


सोनिया तामांग द्वारा लिखित, कक्षा ८

Comments


  • facebook
  • twitter

©2019 by ASTITWA. Proudly created with Wix.com

bottom of page