माया अथवा प्रेम
- Astitwa Writer
- Dec 7, 2019
- 2 min read

साँचो माया आफै हुन्छ किनभने यो स्वाभाविक र भावना व्यक्त हुन्छ। प्रेम भन्नु नै दुई आत्माको मिलन हो। त्यही मिलनबाट नै प्रेमको बृक्षारोपण मायाको टुसा पलाउँछ। माया कस्तो अनौठो शब्द छ। दुई अक्षरले बनेको छ। माया अथवा प्रेम हजारौं मानिसका खुसीसँग जोडिएको छ। मलाई लाग्छ जो कोही व्यक्तिको मन छुनु नै माया अथवा प्रेम हो। प्रेम यौवनकालको उल्लास होइन किनभने साँचो प्रेमले त्याग खोज्छ जस्तै हामीले मुनामदन पढेका छौं। मलाई लाग्छ कि नारिले दिएको माया करोडौ रुपियाँ खर्च गरेर पनि प्राप्त गर्न सकिन्दैन। त्यसैले हामीले नारीलाई सम्मान गर्नुपर्छ। नारि सृष्टि कर्ता पनि हुन्। मलाई लाग्छ कि मायाले नै संसार चल्छ त्यसैले माया समर्पणको अर्को नाम पनि हो। नारि एउटा खेलौना होइन। प्राय जस्तो मानिसले नारिलाई प्रेमको सट्टामा भेदभाउ गर्छन। त्यसैले नारिले दिएका माया र ममताले हामीलाई आधा राज्य जितेको महसूस हुन्छ। हो मलाई लागेको भावना अरु व्यक्तिलाई नलाग्न पनि सक्छ। त्यसैले मायाले हामीलाई खुसि पनि दिन्छ। मेरो भावनामा माया प्रेम समुन्द्रभन्दा गहिरो छ। आकाशभन्दा बिशाल अनि गंगाभन्दा पवित्र हुन्छ माया। भनिन्छ नि तस्बिर आफै बोल्छ, भनेको मनको कुरा आँखाले बोल्छ, भावनालाई शब्दमा उनेर बोल्न गारो हुन्छ हामीलाई।
अन्तत: जब दुई मुटु धडकन्छ, धड्कनको गतिले मनको सबै कुराहरु बयानमा गरिदिन्छ। यो सुन्दर कल्पनाहरुलाई मृत रुप दिने आफ्नो चाहनाको आलिङ्गनमा बाँधेर वास्तविक धरातलमा कहिलेकाहिँ प्रेमले साहारा खोज्छ। पग्लिएको श्वास र धडकिएको मनले पनि आफ्नो ब्यक्त गर्ने बोलि अर्थात अभिब्यक्त चाहन्छ। मनको जमिनमा प्रेम बृक्श्यारोपन गरि आफ्ना कल्पनालाई मृत रुप दिने आफ्नो चाहनाको आलिंगनमा बाँधेर स्वोर्णिम संसारमा हराउने आवश्यकता कसलाई पो नहोला र? तसर्थ प्रेम आँखाले होइन हृदयले देख्छ। यथार्थ प्रेमका अभिव्यक्ति कानले होइन मनले सुन्छ। त्यसैले प्रेम बहिरो पनि हुन्छ।
अन्त्यमा सोच बदल्नुहोस खुसि आफै मिल्छ। स्वभाव बदल्नुहोस इज्जत आफै मिल्छ। कसैको पाउमा पर्न छैन हामि मानिस बाटो आफै सहि रोज्नुस गन्तब्य आफै मिल्छ। जीवनको मूल खोज नै प्रेम हो। प्रेम बिना जीवन भारि छ। प्रेम नै न्यानोपन हो। न्यानोपन नै जीवनको मूल सम्पति हो। धन्यवाद!
बिनोद खड्का द्वारा लिखित, कक्षा १०
Comments