Search
मेरो कविता
- Astitwa Writer
- Dec 7, 2019
- 1 min read

माया लेको थिएँ तिमिसंग तिमीले नै छोडी गयौ जुन दिन म तिम्रो जीवनमा आएँ त्यहि दिन तिमीले नै बाटो मोडी गयौ
फूल जस्तो हैन मलाई फूल नै चाहिन्छ तिमि जस्तो हैन मलाई तिमि नै चाहिन्छ
फूलबारीमा फूल फुल्यो बांस्ना दिनलाई म त जन्मिएँ जुनी जुनी तिम्रै हुनलाई
फूल राम्रो ऐसेलु काँडा भए पनि साथीहरु सबै राम्रा घमण्डी र रिसाहा भएपनि
अरु भनेको यस्तै रहेछन जसलाई जाने छाती अरु भन्दा तिमि र म मात्र असल मिल्ने साथी
आफ्नो भाग्य नै खोजि रहेछु कसलाई दोष लगाउनु सुख दुख समयको झेल रहेछ कसरि सम्हाल्नु कसरि चलाउनु
दिनपनि महिना भयो सेकेन्ड घण्टा भयो यस्तो सुन्दर जीवन मेरो संधै रोएर बित्ने भयो
सरिता भुजेल द्वारा लिखित, कक्षा ९
Comments