top of page
  • Writer: Astitwa Writer
    Astitwa Writer
  • Dec 7, 2019
  • 1 min read



माया लेको थिएँ तिमिसंग तिमीले नै छोडी गयौ जुन दिन म तिम्रो जीवनमा आएँ त्यहि दिन तिमीले नै बाटो मोडी गयौ


फूल जस्तो हैन मलाई फूल नै चाहिन्छ तिमि जस्तो हैन मलाई तिमि नै चाहिन्छ


फूलबारीमा फूल फुल्यो बांस्ना दिनलाई म त जन्मिएँ जुनी जुनी तिम्रै हुनलाई


फूल राम्रो ऐसेलु काँडा भए पनि साथीहरु सबै राम्रा घमण्डी र रिसाहा भएपनि


अरु भनेको यस्तै रहेछन जसलाई जाने छाती अरु भन्दा तिमि र म मात्र असल मिल्ने साथी


आफ्नो भाग्य नै खोजि रहेछु कसलाई दोष लगाउनु सुख दुख समयको झेल रहेछ कसरि सम्हाल्नु कसरि चलाउनु


दिनपनि महिना भयो सेकेन्ड घण्टा भयो यस्तो सुन्दर जीवन मेरो संधै रोएर बित्ने भयो


सरिता भुजेल द्वारा लिखित, कक्षा ९

  • Writer: Astitwa Writer
    Astitwa Writer
  • Dec 7, 2019
  • 1 min read



धिहा गरें पहिलो चिटि जन्म लिंदा जब तिम्रै हरेक सपनाहरु पुरा गर्छु अब


खुसि हुन्छु आमा म सुकेकी मकै टिपी स्कूल जान्छु संधै म हरेक सपना बोकी


दुख दिई जन्म दियौ १० कक्षामा पढ्छु राम्रा राम्रा सपना बोकी अघि अघि बढ्छु


दुख सुख जे परेनी कहिले पनि रुन्न मैले माया गर्या मान्छे नभन्नु हौ हुन्न


ढुक्क हुनु बाबा आमा शिक्षाले ढुकुटी भर्छु यति भन्दै यो कविता यहि अन्त्य गर्छु


सरिता चालिसे द्वारा लिखित, कक्षा १०

  • Writer: Astitwa Writer
    Astitwa Writer
  • Dec 7, 2019
  • 1 min read



पढ्न लेख्न जान्छौ हामी कापी कलम बोकी शिक्षकलाइ माया गर्छौं माता पिता सम्झी।


अनुशाशनमा बस्छौ हामी गर्दैनौ झगडा स्कूललाइ मन्दिर ठान्छौं अनि शिक्षकलाइ भगवान।


पढीलेखि राख्छौं हामी आफ्नो देशको नाम आजका कोपिला हौँ हामी गर्छौं असल काम।


दिपा दुलाल द्वारा लिखित, कक्षा ७

  • facebook
  • twitter

©2019 by ASTITWA. Proudly created with Wix.com

bottom of page